Biratnagar, Morang, Nepal
२२ जेठ २०८३, शुक्रवार
+977 21 450305, 515728, 578305
मनोरञ्जन

राजवंशी चलचित्रकर्मीको १०औ वार्षिकोत्सव सम्पन्न

उद्‌घोष संवाददाता
२ वैशाख २०८३, बुधवार

विराटनगर ।  राजवंशी चलचित्रकर्मी समाद समितिले आफ्नो दशौं वार्षिकोत्सव, नयाँ वर्ष २०८३ एवम् सिरुवा पर्वको अवसरमा विराटनगर–८ हाटखोलास्थित बालकृष्ण पोखरेल नाटकघरमा विविध कार्यक्रम गरी मनाएको छ ।

कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा  विराटनगरका राजवंशी समुदायमा आधारित सांगीतक संगीतको भिडियो, राजवंशी वृत्तचित्र  साँस्कृतिक तथा पारम्परिक खानपान  प्रदर्शन गरिएकाे थियाे ।

 राजवंशी समुदायको महान् पर्व सिरुवाको तथा  नयाँ वर्ष २०८३ को शुभकामना आदानप्रदानसहित गरिएको थियो । 

राजवंशी संस्कृति, कला र पहिचानलाई प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको  कार्यक्रममा समुदायका विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहने आयोजक समितिका अध्यक्ष दीपनारायण राजवंशीले बताए । 

View : 273

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved