विराटनगर । भृकुटी भजनकीर्तन समूह विराटनगर–५ ले भोटेकोशी बाढीपीडित नागरिकहरूको सहयोगार्थ ४० हजार ५०५ रुपैयाँ राहत उपलब्ध गराएको छ ।
समूहले राष्ट्रिय वाणिज्य बैंकमार्फत सो रकम प्रधानमन्त्री दैवीप्रकोप राहतकोषको खातामा जम्मा गरेको हो ।
समूहकी अध्यक्ष राधा पौडेल, सचिव कल्पना बराल तथा कोषाध्यक्ष रेनु पाठकको विशेष सक्रियतामा सो रकम संकलन गरी राहतकोषमा पठाइएको जनाइएको छ ।
सो भजनकीर्तन समूहले विराटनगरको भृकुटी चोक क्षेत्रमा नियमित रूपमा भजनकीर्तन कार्यक्रम सञ्चालन गर्दै सामाजिक तथा धार्मिक कार्यहरूमा योगदान पु¥याउँदै आएको ज्येष्ठ नागरिक बौद्धिक मञ्चका उपाध्यक्ष सुरबहादुर श्रेष्ठले जानकारी दिए ।
View : 86
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved