विराटनगर । विराटनगर–२ राधाकृष्ण मार्गमा अवस्थित इष्टर्न कलेज अफ इन्जिनियरिङमा विद्यार्थीको आकर्षण बढ्दै गएको छ । पूर्वाञ्चल विश्वविद्यालयब्ँँट सम्बन्धन प्राप्त यस कलेजमा बीईं सिभिल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रोनिक्स कम्यूनिकेशन र अटोमेशन इन्जिनियरिङका कार्यक्रमहरु छन् ।
२०५६ सालमा स्थापना भएको यो कलेजले पढाइ सुरु गरेको २५ वर्ष पुगेको अवसरमा छात्रा तथा जेहेन्दार विद्यार्थीका लागि आकर्षक छात्रवृत्तिको पनि व्यवस्था गरेको प्राचार्य इञ्जिनियर अमित सुरानाले जानकारी दिए ।
सो कलेजका विभिन्न आकर्षक विशेषताहरुले इञ्जिनियरिङ पढ्ने विद्यार्थीको रोजाइमा पर्ने गरेको छ । अनुशासित, सुरक्षित, शान्त र सुरम्य वातावरणमा निर्धक्ताका साथ पठनपाठन, अनुसाशित र दक्ष प्राध्यापकहरूबाट गुणस्तरीय शिक्षा प्रदान गर्ने, विद्यार्थीले सिकेको ज्ञान अत्याधुनिक सुविधा सम्पन्न प्रयोगशालामा अभ्यास गर्ने, फराकिलो खेलमैदान, अत्याधुनिक उपकरण जडित कक्षा कोठाहरू, सुविधा सम्पन्न भवन, प्रयोगशाला, पुस्तकालयको व्यवस्था यसका प्रमुख विशेषताहरु हुन् ।
यसका साथै अतिरिक्त क्रियाकलापको व्यवस्था, सीप विकासको लागि फिल्ड एक्सपोजर र विद्यार्थीहरुले अन रोजगारी तालिमको माध्यमबाट इन्टर्नसिपको व्यवस्थाका कारण राम्रो जागिरको अवसर पाइरहेका छन् । विभिन्न विधामा समय–समयमा प्राविधिक सेमिनार तथा वर्कसपको आयोजना पनि गर्दै आएको छ ।
यस कलेजबाट उत्पादित जनशक्ति देश र विदेशको विभिन्न ठाउँमा कार्यरत छन् ।
विभिन्न व्यावसायिक संगठनसँग सम्झौता गरी सहकार्य गरिरहेको सो कलेजमा सञ्चालित इञ्जिनियरिङ कार्यक्रममा अहिले विद्यार्थीको भर्ना कार्य धमाधम भइरहेको छ ।
View : 357
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved