Biratnagar, Morang, Nepal
२० वैशाख २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

जीवनोपयोगी उर्जाशील योग शिविर सम्पन्न

१४ पुष २०८१, आइतवार

विराटनगर । पतञ्जली योग समिति मोरङ, महिला पतञ्जली योग समिति र विराटनगर महानगर समितिको आयोजनामा तीनदिवसीय जीवनदायी प्रेरणादायी उर्जाशील शिविर आइतबार सम्पन्न भएको छ । 

पतञ्जली योग समितिका केन्द्रीय सहप्रभारी, उत्प्रेरक वक्ता ललित शंकर योगीले विराटगरस्थित रामजानकी सेवा सदनो दोस्रो तलाको पटाङ्गीनीमा खचाखच उपस्थितिलाई सहभागीहरुलाई उर्जाशील क्रियाकलाप र बोलीद्वारा सशक्त बनाएका थिए ।

शुक्रबार, शनिबार र आइतबार विहान ५ देखि ७ बजेसम्म सो शिविर भएको थियो ।

शिविरमा आयोजक संस्था पतञ्जलीको मोरङ अध्यक्ष सुरेश अग्रवाल, महिला जिल्ला अध्यक्ष लक्ष्मी चौधरी, महानगर अध्यक्ष शिल्पा प्याकुरेलको  समन्वयमा भएको सो कार्यक्रम उर्जाशील रहेका सहभागी  योग ध्यान केन्द्र विराटनगर–११ का  सदस्य माधव अधिकारीले बताए । 

यसैगरी सोमबारदेखि उर्लाबारीमा तय गरिएको  दुई दिवसीय जीवनोपयोगी उर्जाशील शिविरका लागि ललित शंकर योगी सो स्थानमा पुगिसकेको पतञ्जलीका ओम प्रसाईंले बताए ।

View : 296

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved