Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
साहित्य

साहित्यकार रोशन पोखरेललाई पितृशोक

उद्‌घोष संवाददाता
१९ जेठ २०८२, सोमवार

विराटनगर । साहित्यकार रोशन पोखरेललाई पितृशोक परेको छ । 

उनका बुबा रोहणी पोखरेलको ८९ वर्षको उमेरमा भद्रपुर स्थित आफ्नै घरमा निधन भएको हो । स्वर्गीय पोखरेल वीरेन्द्र मावि चन्द्रगढीका अंग्रेजी शिक्षक थिए ।

स्थानीय मनोज दाहालका भन्छन् ‘अंग्रेजीका कठिन विषयलाई पनि मन्द मुस्कान र नरम तरिकाले बुझिने शैलीमा पढाउने उहाँ (रोहणी सर) को बानी सधै सम्झनामा आइरहन्छ ।’

हाल विराटनगरस्थित नेपाल बैंक लिमिटेडमा कार्यरत रहेका साहित्यकार पोखरेलका कालग्रन्थ, पागल लेखक, झेलम लगायतका बाल साहित्य, किशोर साहित्यका १५ पुस्तक प्रकाशित छन् । 

शेयर बजार विश्लेषकको रुपमा राष्ट्रिय  पत्रिकामा विचार प्रस्तुत गर्दै आएका उनी पछिल्लो समयमा साहित्यमा डुुबुल्की मारी पाठकलाई एक पछि अर्को खुराक दिइरहका छन् ।

View : 538

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved