Biratnagar, Morang, Nepal
७ जेठ २०८१, सोमवार
+977 21 450305, 515728, 578305
साहित्य

नेपाली लेखक संघले गर्‍यो विचार गोष्ठी

उद्घोष सम्वाददाता
२८ फागुन २०८०, सोमवार

विराटनगर । नेपाली लेखक संघले सोमबार विराटनगरमा विचार गोष्ठी समारोहको आयोजना गरेको छ  ।

११४औ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित सो कार्यक्रममा दुई भिन्न–भिन्न विषयमा कार्यपत्र प्रस्तुत गरिएको थियो ।

नेपाली लेखक संघका केन्द्रीय सदस्य निर्मला कोइरालाको सभापतित्वमा भएको सो समारोहमा डा मीनाक्षी नेपालले हाम्रो समाजमा नारीको स्थान र प्राध्यापक कविराज न्यौपानेले नारी अस्तित्वको दार्शनिक पक्षका  विषयमा केन्द्रित  कार्यपत्र प्रस्तुत गरेका थिए ।

दुबै  कार्यपत्रहरुमाथि त्रिभुवन विश्वविद्यालय कीर्तिपुरका प्राध्यापक डा रत्नमणि नेपालले टिप्पणी गरेका थिए ।

साहित्यकार डा विमला श्रेष्ठको प्रमुख  आतिथ्यमा भएको सो समारोहमा प्राडा गोपाल भण्डारी, साहित्यकार विवश पोखरेल र गंगा सुवेदीले मन्तव्य प्रकट गरेका थिए ।  

समारोहमा नेपाली लेखक संघका केन्द्रीय समितिका साथै मोरङ, सुनसरी,झापा, उदयपुर र चितवन जिल्ला समितिका पदाधिकारीहरुको उपस्थिति थियो ।  

सभाको दोस्रो सत्रमा आयोजित कवि गोष्ठीमा विभिन्न जिल्लाबाट उपस्थित ४६ जना कविहरुले कविता वाचन गरेका थिए ।

View : 208

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved