Biratnagar, Morang, Nepal
५ साउन २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
खेलकुद

विराटनगरमा माघ १ देखि 'स्वर्गीय अभिशेक थापा स्मृति कप' फुटबल हुने

उद्‌घोष संवाददाता
२० पुष २०८२, आइतवार

Advertisement

विराटनगर। विराटनगर–५ स्थित वरगाछी युवा समूहको आयोजनामा आगामी माघ १ गतेदेखि 'तेस्रो स्वर्गीय अभिशेक थापा स्मृति कप' फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। २२ वर्षमुनिका युवा खेलाडीहरूलाई लक्षित गरी आयोजना गर्न लागिएको यो प्रतियोगिता माघ ५ गतेसम्म सञ्चालन हुनेछ।

१४ टोलीबीच प्रतिस्पर्धा

विराटनगर–१ स्थित परोपकार चौरमा आयोजना हुने यस प्रतियोगितामा कुल १४ वटा फुटबल टोलीहरूले सहभागिता जनाउने समूहका अध्यक्ष आकाश घिमिरेले जानकारी दिए। युवा प्रतिभाको पहिचान र खेल भावनाको विकासका लागि यो प्रतियोगिता महत्वपूर्ण हुने विश्वास आयोजकको छ।

नारा: 'स्वस्थ जीवन, मस्त जीवनका लागि खेलकुद'

पछिल्लो समय युवा पुस्तामा बढ्दै गएको लागुपदार्थ दुर्व्यसनलाई न्यूनीकरण गर्ने र उनीहरूलाई सिर्जनात्मक कार्यमा जोड्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो। समूहका सचिव संजोग गौतमका अनुसार ‘स्वस्थ जीवन, मस्त जीवनका लागि खेलकुद’ भन्ने मूल नाराका साथ खेलकुदको माध्यमबाट सामाजिक चेतना फैलाउने लक्ष्य राखिएको छ।

प्रतियोगिताको तयारी तीव्र रूपमा भइरहेको र खेलप्रेमीहरूको उल्लेख्य उपस्थिति रहने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

View : 461

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved