सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचामा आयोजित नेपाली तथा अंग्रेजी वक्तृत्वकला प्रतियोगितामा सिद्धार्थका विद्यार्थीले उत्कृष्ट प्रदर्शन गरेका छन् ।
कक्षा ४ देखि १० सम्मका विद्यार्थी सहभागी प्रतियोगिताको अंग्रेजीतर्फ सिद्धार्थका हार्दिक थापा र नयन पौडेल प्रथम भए ।
तृषा भट्टराई, कृपा ओझा र सम्पदा पहाडीले द्वितीय स्थान हासिल गर्दा योगेश खड्काले सान्त्वना पुरस्कार प्राप्त गरे ।
प्रतियोगितामा वाल्मीकि, राष्ट्रनिर्माण, जुपिटर, सप्तकोशी र सिद्धार्थ सेकेण्डरी स्कुलका विद्यार्थी सहभागी थिए ।
सिद्धार्थ सेकेण्डरी स्कुलका प्रिन्सिपल अर्जुन बस्नेतले विद्यार्थीको आत्मविश्वास, नेतृत्व क्षमता र अभिव्यक्ति कौशल विकासमा यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
उनले अध्ययनसँगै अतिरिक्त क्रियाकलापलाई पनि विद्यालयले प्राथमिकतामा राख्दै आएको उल्लेख गरे ।
View : 10
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved