Biratnagar, Morang, Nepal
२ साउन २०८३, शनिवार
+977 21 450305, 515728, 578305
समाज

१०८ वर्षीय गिरीको निधन

उद्‌घोष संवाददाता
१ साउन २०८३, शुक्रवार

Advertisement

विराटनगर । विराटनगर–५ निवासी सताब्दी पुरुष कृतिराज गिरीको निधन भएको छ । १०८ वर्षीय गिरीको बुधबार राती घरैमा निधन भएको हो । 

गिरी एक साताअघिसम्म पनि बोल्दै र हिंडडुल गर्दै आएका थिए ।

नाती बलराम गिरीका अनुसार गत आइतबारसम्म पनि हजुरवुवाको स्वास्थ्य अवस्था राम्रै रहेको र चिकित्सकलाई जाँच गराउँदा समेत कुनै समस्या नदेखिएको बताए । दुई दिन जति खाना नखाएपछि उनी अचानक अस्वस्थ भएका थिए । 

उनका चार छोरा र ७ छोरीसहित परिवारका सदस्यहरू मात्रै ७० जना बढी छन् । पनाती पनातिनी २५ र खनाती ३ जना छन् ।

View : 46

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved