Biratnagar, Morang, Nepal
२७ वैशाख २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

नक्कली इन्जिनियर पक्राउ

उद्‌घोष सम्वाददाता
३२ साउन २०८१, शुक्रवार

विराटनगर । जिल्ला प्रहरी कार्यालय उदयपुरले एक नक्कली इन्जिनियरलाई पक्राउ गरेको छ । सर्लाही गडहिया–४ का ३४ वर्षीय जवराहिल मन्सुरी इन्जिनियरको नक्कली कागजपत्रसहित पक्राउ परेका हुन् ।

प्रहरीले उनको साथबाट भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नापी विभाग नापी कार्यालय स्याङ्जाको च.नं. २६ मिति २०७७।०१।१५ गतेको पत्रले रौशन अधिकारीको नाममा जारी भएको स्थायी नियुक्ति पत्र र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग बबरमहल काठमाडौंबाट सोही नाममा जारी भएको सिभिल इन्जिनियर (अधिकृत छैटौँ) कर्मचारी परिचय पत्र बरामद गरेको जनाइएको छ ।

प्रहरीले रौशन अधिकारी भन्ने जवराहिल मन्सुरीलाई लिखत सम्बन्धी कसूर अन्तर्गत थप अनुसन्धान भइरहेको छ ।

View : 177

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved