Biratnagar, Morang, Nepal
२२ असार २०८३, सोमवार
+977 21 450305, 515728, 578305
खेलकुद

पाँच पटकको विश्वविजेता ब्राजिललाई हराउँदै विश्वकप क्वाटरफाइनलमा नर्वेको रोमाञ्चक प्रवेश

उद्‌घोष संवाददाता
२२ असार २०८३, सोमवार

Advertisement

काठमाडौँ । एर्लिङ हालान्डको रोमाञ्चक गोलमा पाँचपटकको विश्वकप विजेता ब्राजिललाई पराजित गर्दै नर्वेले फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

अमेरिकाको न्युयोर्क न्युजर्सी स्टेडियममा सोमबार विहान भएको खेलमा नर्वेले ब्राजिललाई २–१ गोलअन्तरले पराजित गर्दै विश्वकपको क्वाटरफाइनलको स्थान सुनिश्चित गरेको हो ।

नर्वेको जितमा दुवै गोल हालान्डले गरे । उनले खेलको दोस्रो हाफको अन्तिम ११ मिनेटमा दुई गोल गरेका थिए ।

खेलको ७९औँ मिनेटमा हालान्डले नर्वेका लागि पहिलो गोल गरेका थिए ।

आन्द्रेस सेलड्रुपको पासमा हालान्डले गोल गरेका हुन् । त्यस्तै उनले खेलको ९०औँ मिनेटमा दोस्रो गोल गरे ।

त्यसैगरी, ब्राजिलका लागि नेइमारले खेलको दोस्रो हाफको अतिरिक्त समयमा पेनाल्टीमार्फत एक गोल फर्काएका थिए ।

हारसँगै ब्राजिल विश्वकपको यात्रबाटै बाहिरिएनु परेको छ ।

View : 32

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved