विराटनगर । सामसुङ नेपालले नयाँ वर्ष २०८३ को अवसरमा २४ महिनासम्मको एक्स्टेन्डेड इएमआई योजना, पक्का उपहार तथा आकर्षक छुटसहित स्मार्ट घर, स्मार्ट सुरुवात अभियान घोषणा गरेको छ ।
यो अफर अप्रिल १ देखि मे १४, २०२६ सम्म लागू हुने कम्पनीले जनाएको छ ।
यस योजनाअन्तर्गत सामसुङले टिभीमा २५ प्रतिशत सम्म छुट, वासिङ मेसिनमा २३ प्रतिशत र रेफ्रिजरेटरमा १७ प्रतिशत सम्मको छुट उपलब्ध हुने स्पष्ट पारेको छ ।
कम्पनीले नयाँ वर्षको सुरुवातमै घरका आवश्यक उपकरणहरू अपग्रेड गर्न चाहने परिवारका लागि यो निकै उपयोगी अफर भएको जनाएको छ ।
साथै ५० हजार रुपैयाँभन्दा माथिका सामान किस्ताबन्दीमा पनि पाउने बताइएकोक छ ।
View : 111
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved