Biratnagar, Morang, Nepal
२५ फागुन २०८२, सोमवार
+977 21 450305, 515728, 578305
राजनीति

सुशीला कार्कीको मन्त्रिपरिषद् विस्तारः चर्चामा रहेका चार मध्ये दुई मन्त्रीले लिए शपथ

उद्‌घोष संवाददाता
९ कार्तिक २०८२, आइतवार

काठमाडौं । नवनियुक्त दुई मन्त्रीहरुले आइतबार पद तथा गोपनियताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतलनिवासमा नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतम र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तालाई शपथ दिलाएका छन् । 

यसअघि चार मन्त्रीले शपथ लिने भनिए पनि अन्तिम समयमा दुई जना मन्त्रीले मात्रै शपथ लिएका छ ।

डा गौतम स्वास्थ्य मन्त्रालयका पूर्वसचिव हुन्हु भने गुप्ता जेनजी आन्दोलनका अगुवा रहेका छन् । 

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा उनहरुलाई राष्ट्रपति पौडेलले आज नियुक्ति गरेका छन् ।

गत भदौ २७ गते गठित मौजुदा मन्त्रिपरिषद्को सङ्ख्या आजको विस्तारसँगै १० पुगेको छ । यसअघि गत भदौ ३० र असोज ६ गते मन्त्रिपरिषद् विस्तार भएको थियो ।

सपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, मन्त्रीगण, प्रनिधिसभाका उपसभामुख इन्दिरा राना, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका उच्चपदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुख तथा अधिकारीलगायत उपस्थित भएका थिए ।

मन्त्रिपरिषदमा दलित अभियन्ता खगेन्द्र सुनार र संस्कृति अभियन्ता गणपतीलाल श्रेष्ठ भने मन्त्री बन्न पाएनन् । सुनार प्रहरीको खोजीको सूचीमा रहेका कारण अन्तिम समयमा रोकिएका हुन् भने श्रेष्ठले पहिले तोकिएको मन्त्रालय नपाएकोले मन्त्री मात्रै बन्नका लागि सपथ नलिने घोषणा गरेका थिए ।

View : 342

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved