Biratnagar, Morang, Nepal
१५ असार २०८३, सोमवार
+977 21 450305, 515728, 578305
शिक्षा

मदन भण्डारीको जन्मजयन्तीमा वक्तृत्वकला

उद्‌घोष संवाददाता
१५ असार २०८३, सोमवार

Advertisement

विराटनगर । तत्कालिन नेकपा एमालेका महासचिव मदन भण्डारीको ७५ औं जन्मजयन्तीको अवसरमा आयोजित अन्तर माध्यमिक विद्यालय वक्तृत्वकला प्रतियोगितामा मेरिल्याण्ड माविका सुरज यादव प्रथम भएका छन् ।

नेपाल खेलकुद महासंघ कोशी प्रदेश समितिको आयोजनामा विराटनगरको जनपथ माविमा आयोजित जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगितामा ५४ जना प्रतिस्पर्धीलाई उछिन्दै यादवले प्रथम स्थान हासिल गरेका हुन् । 

‘नेपाली खेलकुद : सम्भावना र चुनौतीहरू’ विषयक वक्तृत्वकला प्रतियोगितामा सुन्दरहरैंचाको सिद्धार्थ माविका शरण परियार दोस्रो र पोखरिया माविकी सोनिया तिम्सिना तेस्रो भए । त्यस्तै, सगरमाथा बोर्डिङ स्कुलकी आराध्या कर्ण चौथो र सेन्ट म्यारिजकी निर्जला भण्डारी पाँचौ भएका हुन् ।

विजेता विद्यार्थीहरूलाई नेपाल खेलकुद महासंघ कोशीका अध्यक्ष रोहित कोइरालाले पुरस्कार वितरण गरेका छन् । प्रथम हुनेलाई ५ हजार एकसय, दोस्रोलाई ३ हजार एकसय, तेस्रो हुनेलाई २ हजार एकसय रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको जनाइएको छ ।

नेपाल खेलकुद महासंघ केन्द्रीय विज्ञ आयोगका उपाध्यक्ष दिपेश बास्तोलाले प्रतियोगितामा मोरङ जिल्लाका २० वटा माध्यमिक विद्यालयका कक्षा ९ देखि १२ मा अध्यनरत विद्यार्थीहरूको सहभागिता रहेको जानकारी दिए ।

View : 31

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved