Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
साहित्य

स्रष्टा समाज कोशी प्रदेश अध्यक्षमा मार्सेली चयन

उद्‌घोष संवाददाता
८ मंसिर २०८२, सोमवार

विराटनगर । सामाजिक अभियन्ता तथा लेखक कृष्णप्रसाद भण्डारी ‘मार्सेली’ को अध्यक्षतामा नेपाल स्रष्टा समाज कोशी प्रदेशको पुनर्गठन गरिएको छ । आइतबार विराटनगरमा सम्पन्न प्रथम साधारणसभाबाट मार्सेलीको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो । 

स्रष्टा समाजका केन्द्रीय अध्यक्ष वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’को प्रमुख आतिथ्यतामा भएको साधारणसभाले साहित्यकार लक्ष्मी पोखरेललाई सचिव र बाबुराम पोखरेललाई कोषाध्यक्षमा चयन गरेको छ । 

त्यस्तै कवि हरि कट्टेल, प्रयाग न्यौपाने, मीनकुमार नवोदित, निर्मला कोइराला, पुष्पा सायरा, शारदा भट्टराई, सुजाता राई र निर्मला नेपाल समाजको सदस्यमा छानिएका छन् । प्रथम साधारणसभाले पदाधिकारीसहित सबै सदस्यलाई निर्विरोध चयन गरेको हो । 

उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठसहित अग्रज साहित्यकार विवश पोखरेल, प्राध्यापक कविराज न्यौपाने, हरिहर भण्डारी, साहित्यकार गंगा सुवेदीलगायतले खादा लगाएर बधाई तथा शुभकामना दिएका थिए । 

त्यस्तै सोही अवसरमा साहित्यकार गोकुल व्याकुलको ‘जीवन, संघर्ष र मृत्यु’ आत्मसंस्मरण लोकार्पण गरिएको थियो । 

लोकार्पित आत्मसंस्मरणमाथि अग्रज समालोचक भूषण ढुंगेलले समीक्षा गरेका थिए । त्यस्तै कार्यक्रममा प्रमुख अतिथि श्रीओम श्रेष्ठ रोदन, पुस्तकका लेखक गोकुल व्याकुल, अग्रज साहित्यकार विवश पोखरेल, हरिहर भण्डारी, सरला चापागाईं कवि हरि कट्टेल, स्रष्टा समाजका केन्द्रीय सदस्य प्रदीप सापकोटालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

त्यस्तै समाजको पहिलो बैठकले साहित्यकारहरू विवश पोखरेल, गंगा सुवेदी, बलराम पोखरेल, दिङ्लाली कान्छो, सरला चापागाईं, कविराज न्यौपाने र केशु विरहीलाई सल्लाहकारमा चयन गरिएको अध्यक्ष मार्सेलीले जानकारी दिए ।

View : 274

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved