Biratnagar, Morang, Nepal
१७ भदौ २०८३, बुधवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

लायन्स क्लब अफ विराटनगर सोसियलद्वारा ५१ पिन्ट रगत संकलन

उद्‌घोष संवाददाता
१६ भदौ २०८३, मङ्गलवार

Advertisement

विराटनगर । लायन्स क्लब अफ विराटनगर सोसियलको आयोजनामा विराटनगरस्थित ब्राइट भिजन ल कलेजमा रक्तदान गरिएको छ । कलेज परिसरमा आयोजित रक्तदानमा विद्यार्थी तथा अन्य रक्तदाताहरूको सहभागितामा ५१ पिन्ट रगत संकलन भएको जनाइएको छ ।

रक्तदान कार्यक्रममा लायन्स क्लबका मल्टिपल काउन्सिल सदस्य लिला ढुंगेल, डिस्ट्रिक्ट ३२५ ‘सी’ का प्रथम भाइस डिस्ट्रिक्ट गभर्नर रमेश खत्री, द्वितीय भाइस डिस्ट्रिक्ट गभर्नर उदय नारायण बराल, डिस्ट्रिक्ट ट्रेजरर मिना ढुंगेल, डिस्ट्रिक्ट चिफ एडभाइजर शिव रिजाललगायतको उपस्थिति रहेको थियो ।

त्यस्तै, ब्राइट भिजन ल कलेजका प्राचार्य चुडामणि आचार्य, अध्यक्ष विष्णु पोखरेलसहित लायन्स क्लबका एरिया चिफ, एरिया कोअर्डिनेटर, रिजन चिफ, जोन अध्यक्ष तथा विभिन्न पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा लिला ढुंगेलले ९३औँ पटक रक्तदान गरेका थिए । लायन्स क्लब अफ विराटनगर सोसियलका अध्यक्ष ला. देवकीनन्दन अग्रवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रक्तदानहरूले मानवीय सेवाको महत्वपूर्ण कार्यका रूपमा साथ दिएको भन्दै धन्यवाद ज्ञापन गरिएको प्रकाश शर्माले जानकारी दिए ।

View : 51

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved