विराटनगर । कोशी अस्पताल विकास समितिमा नयाँ पदाधिकारी नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले समितिको अध्यक्षसहित तीन सदस्य मनोनयन गरेकी हुन् ।
मन्त्रालयका अनुसार डा. सुमित घिमिरेलाई कोशी अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त गरिएको छ ।
त्यस्तै, समितिको सदस्यमा ललिता सरदार, डा. नूतन नौलखा र मजहर हुसेन नियुक्त भएका हुन् ।
नवनियुक्त अध्यक्ष घिमिरेसहित सदस्यहरूले सोमबार नै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शपथ ग्रहणसँगै उनीहरूले अस्पतालको सेवा, व्यवस्थापन तथा विकासका क्षेत्रमा समितिको जिम्मेवारी सम्हाल्ने भएका छन् ।
यसअघि कोशी अस्पताल विकास समितिको सभापतिमा डा. फरवार्ड सिलवाल नियुक्त भएका थिए । नयाँ पदाधिकारी नियुक्तिसँगै अस्पताल विकास समितिले नयाँ नेतृत्व पाएको हो ।
View : 48
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved