Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
शिक्षा

एसईई उत्तीर्ण विद्यार्थीलाई नगदसहित सम्मान

उद्‌घोष संवाददाता
६ जेठ २०८३, बुधवार

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा–५ स्थित पूर्वाञ्चल पब्लिक स्कुलले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा सफलतापूर्वक उत्तीर्ण भएका विद्यार्थीहरुलाई नगद पुरस्कारसहित सम्मान गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओमबहादुर राईको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा पश्चिम फिमरा टोल विकास समितिका अध्यक्ष हेम लामिछानेले पूर्वाञ्चल पब्लिक स्कुलले केवल परीक्षा उत्तीर्ण गराउने काम मात्रै नभई अनुशासन, संस्कार र गुणस्तरीय शिक्षाको उदाहरण प्रस्तुत गरेको बताए ।

विद्यालयका प्रँचार्य सन्तोषकुमार राईले विद्यालयको सफलता सामूहिक प्रयासको परिणाम भएको उल्लेख गर्दै विद्यार्थीहरुको सफलताले आफूहरुलाई थप जिम्मेवार बनाएको बताए । सम्मान कार्यक्रममा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई नगद पुरस्कारसहित प्रशंसापत्र प्रदान गरिएको थियो । 

विद्यार्थीहरुले सम्मान ग्रहण गर्दै विद्यालयप्रति आभार व्यक्त गरेका थिए ।

कार्यक्रममा अभिभावकहरुले पनि विद्यालयको शैक्षिक वातावरण, अनुशासन र शिक्षण पद्धतिको खुलेर प्रशंसा गरेका थिए ।

View : 96

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved