विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयकी पूर्व रजिष्ट्रार प्राडा कल्याणी मिश्र त्रिपाठी विदुषी योगमाया हिमालय आयुर्वेद विश्वविद्यालयको उपकुलपति पदमा नियुक्त भएकी छन् ।
उनको नियुक्तिसँगै विश्वविद्यालयले आयुर्वेद शिक्षा, अनुसन्धान तथा मौलिक चिकित्सा पद्धतिको विकासमा नयाँ गति लिने विश्वास गरिएको छ ।
लामो प्राज्ञिक अनुभव र प्रशासनिक दक्षता रहनुभएकी त्रिपाठीको नेतृत्वमा विश्वविद्यालयले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा थप उचाइ हासिल गर्ने अपेक्षा राखिएको छ ।
प्राडा त्रिपाठी उपकुलपतिमा नियुक्त भएपछि पूर्वाञ्चल विश्वविद्यालय पूर्व उपकुलपति प्राडा बिजु थपलिया, पूवि व्यवस्थापन संकायकी पूर्व सहायक डीन सोनिला शाक्य लगायतले शुभकामना दिएका छन् ।
View : 109
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved