Biratnagar, Morang, Nepal
२० असार २०८३, शनिवार
+977 21 450305, 515728, 578305
समाज

लागुऔषधसहित १३ जना पक्राउ

उद्‌घोष संवाददाता
१९ असार २०८३, शुक्रवार

Advertisement

विराटनगर । कोशी प्रदेश प्रहरीको कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरूबाट परिचालित प्रहरी टोलीले लागुऔषधमा संलग्न १३ जनालाई पक्राउ गरेको छ ।

लागुऔषधमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कानूनी दायरामा ल्याउने तथा मनोपरामर्श र जनचेतना प्रदान गर्ने उद्देश्यले कोशी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरूबाट परिचालित प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । 

प्रहरीले पक्राउ परेकाहरूको साथबाट २ सय ५७ ग्राम ४३० मिलिग्राम ब्राउन सुगर, ३७ किलोग्राम गाँजा, लागुऔषध ट्याब्लेट ४६०, क्याप्सुल २० र १ थान मोटरसाइकल बरामद गरेको छ ।

मोरङको सुन्दरहरैंचा–६ मा लागुऔषध बेचबिखन भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकी गछियाबाट प्रहरी टोली खटी गई चेकचाँच गर्दा सोही स्थानका २१ वर्षीय सुमन लिम्बू र २३ बर्षीय युराज मगरलाई ३६ ग्राम ११ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो छ । 

इलाका प्रहरी कार्यालय बेलबारीले सुन्दरहरैंचा–१० बाट सोही स्थानका भानुभक्त लिम्बू, बिप्लव परियार, सुन्दरहरैंचा–८ का किरण राई र बेलबारी–२ का सुशील राईलाई ट्रामाडोल स्पास गरी जम्मा ४६० ट्याब्लेट सहित पक्राउ गरेको हो ।

त्यस्तै झापाको झापा गाउँपालिका–४ बाट प्रहरी चौकी टाघनडुब्बा र लागुऔषध नियन्त्रण ब्युरो कांकडभिट्टाले दमक–८ का चन्द्रबहादुर तामाङ र भारत किशनगंजका अब्दुल रहमानलाई २५ ग्राम १९ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने प्रहरी चौकी केर्खाले कमल गाउँपालिका–४ बाट गौरादह नगरपालिका–१ का बिक्रम बस्नेतलाई ट्रामाडोल २० क्यापसुल सहित पक्राउ गरेको हो । 

चेकजाँचकै क्रममा धनकुटाको साँगुरीगढी गाउँपालिका–६ बाट इलाका प्रहरी कार्यालय भेडेटारले प्र १–०२००१ च ४५३१ नम्बरको इभी गाडी भित्रबाट जेब्रा झोला र बोरा भित्र लुकाई छिपाई राखेको ३७ किलोग्राम गाँजा बरामद गरेसँगै ओसारपोसारमा संलग्न धनकुटा साँगुरीगढी गाउँपालिका–९ का लोकबहादुर राई र भोजपुर साल्पासिलिचुङ गाउँपालिका–२ की बिनिता कार्कीलाई पक्राउ गरेको हो ।

View : 67

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved