Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
खेलकुद

'रन सुन्दरहरैँचा' आयाेजना हुँदै

उद्‌घोष संवाददाता
१५ जेठ २०८३, शुक्रवार

सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचामा “हिडौँ समृद्धिका लागि” भन्ने नारासहित “रन सुन्दरहरैँचा” कार्यक्रम आयोजना हुने भएको छ । 

सुन्दरहरैँचा उद्योग वाणिज्य संघको आयोजनामा आगामी असार १५ गते कार्यक्रम गरिने जनाइएको छ ।

“अब सुत्दैन सुन्दरहरैँचा : अब जागौँ, केही गरौँ यो देशमा” भन्ने सन्देशसहित आयोजना हुन लागेको कार्यक्रममा स्वास्थ्य, सामाजिक एकता, उज्ज्वल भविष्य र समृद्ध नेपालको अभियानलाई जोड दिइएको छ ।

कार्यक्रममा सहभागी हुन चाहनेका लागि दर्ता शुल्क १०० रुपैयाँ तोकिएको छ ।

उक्त शुल्कमा टी–शर्ट समेत उपलब्ध गराइने आयोजकले जनाएको छ ।

दर्ताका लागि सुन्दरहरैँचा उद्योग वाणिज्य संघ सचिवालय, पूर्वाञ्चल पाेलिमर एक्राेलिक, सार्वजनिक शौचालय सलकपुर, सुकुना सामुदायिक अस्पताल, मेघा डिपार्टमेन्ट स्टोर, कञ्चनजंघा इन्टरप्राइजेज प्रालि, केएफसी फर्निचर तथा बजाज शोरुम लगायतका स्थानमा व्यवस्था गरिएको छ ।

View : 83

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved