Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
खेलकुद

‘अनिल–मीन’ ट्रफी क्रिकेट

मोरङ–सुनसरीबीच १–१ को बराबरी, शनिबारको खेल निर्णायक

उद्‌घोष संवाददाता
७ चैत २०८२, शनिवार

विराटनगर । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगरमा पहिलो पटक आयोजित ‘अनिल–मीन’ ट्रफी क्रिकेट प्रतियोगिताको दोस्रो सिरिजमा सुनसरी विजयी भएको छ ।

विराटनगरको मेरिलिबोन ज्वाला क्रिकेट मैदानमा शुक्रबार भएको दोस्रो खेलमा मोरङलाई २१ रनले पराजित गर्दै सुनसरी विजयी भएको हो ।

जितसँगै ३ खेलको सिरिज १–१ को बराबरीमा टुंगिएको छ । शनिबार हुने प्रतियोगिताको अन्तिम खेलको जितले ट्रफी कसको हुने भन्ने निर्धारण हुनेछ ।

टस जितेर ब्याटिङ गरेको सुनसरीले निर्धारित ५० ओभरको खेलमा ३४ दशमलव ४ बलमा सवै विकेट गुमाएर १०२ रनमा सिमित भयो । 

सुनसरीका आशिष मण्डल २५ रन बनाउँदा रोशन घिमिरेले १६, अफान ताहिरले १३ र आकाश सर्राफले १० रनको योगदान दिए ।

मोरङका कृष शर्माले ९ दशमलव ४ बलमा १ मेडन राख्दै ४९ रन दिएर ५ विकेट लिंदा कृतिक कामतले ३ विकेट तथा महबुव इराकी र अमर यादवले १–१ विकेट लिन सफल भए ।

१०३ रनको झिनो लक्ष्यका लागि जवाफी ब्याटिङमा उत्रिएको मोरङ खेलमा सम्हालिन नसक्दा २३ दशमलव २ बलमा अलआउट बन्यो । मोरङ मात्र ८१ रनमा समेटियो । 

मोरङका अटल साहले अविजित २२ रन बनाउँदा आइन्सटाइन रिजालले १३ रन बाहेक अन्य ब्याटर चल्न सकेनन् । 

प्लेयर अफ म्याच सुनसरीका कविराज खत्री बने । उनले टिमका लागि १० ओभरमा २ मेडन राख्दै ४७ रन दिएर ५ विकेट लिएका थिए । त्यस्तै रविन मण्डलले ३ विकेट लिन सफल भए ।

View : 122

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved