Biratnagar, Morang, Nepal
२६ जेठ २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
शिक्षा

हिमालय दर्शनबाट ११४ जना विद्यार्थी दीक्षित

उद्‌घोष संवाददाता
२६ जेठ २०८३, मङ्गलवार

विराटनगर । विराटनगरको हिमालय दर्शन कलेजमा बीएचएम, बीसीए, बीआईएम र बीएससी सीएसआईटी तहको अध्ययन पूरा गरेका ११४ जना विद्यार्थी दीक्षित भएका छन् ।

कलेजले मंगलबार २०७८ सालमा भर्ना भएका विद्यार्थीहरूको दीक्षान्त समारोह गर्दै बिदाइ पनि गरेको छ ।

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक एवं नेपालका वैज्ञानिक प्राडा अजय भट्टराईले दीक्षित बनेका विद्यार्थीहरूको आगामी जीवन प्रगतिको शुभकामना दिए । अहिले सैद्धान्तिक ज्ञानसँगै रोजगारमुखी शिक्षा अपरिहार्य रहेको बताए । 

प्राडा भट्टराईले अबको शिक्षा केवल प्रमाणपत्रका लागि मात्रै नभई व्यवहारिक र रोजगारमुखी हुनुपर्नेमा जोड दिए । 

कलेजका प्राचार्य भरत सापकोटाले विद्यार्थीहरूको अध्ययन सम्पन्न भएसँगै सीप र रोजगारयुक्त बनाएर पठाइएको बताए । उनले त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रमबाहेक पनि विशेष कोर्षमार्फत विद्यार्थीहरूलाई अब्बल बनाउन सफल भएको दाबी गरे । 

उनले भने, ‘पासआउट भएका कुनै पनि विद्यार्थीलाई मार्केटमा काम पाउन कठिनाइ हुने छैन ।’ 

साथै, हिमालय दर्शनले गुणस्तरीय शिक्षा र दक्ष जनशक्ति उत्पादनमा केन्द्रीत रहेको बताए । 

कलेजका अध्यक्ष ज्ञानबहादुर खड्काले विद्यार्थीहरूलाई स्पष्ट लक्ष्य लिएर अघि बढ्न आग्रह गरे । 

दीक्षान्त समारोहमा विभिन्न शैक्षिक संकायमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरूलाई कलेजका तर्फबाट सम्मान र पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रममा कलेजका सञ्चालकहरू शैलेन्द्र शिवाकोटी, लक्ष्मण ढकाल, डा. मनोज गुप्ता, नन्दकिशोर अग्रवाल, शंकर भट्टराई तथा त्रिभुवन विश्वविद्यालयका डेपुटी कन्ट्रोलर प्राडा गोविन्द गुरागाईँ समेतको उपस्थिति रहेको थियो ।

View : 55

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved