Biratnagar, Morang, Nepal
१२ असार २०८३, शुक्रवार
+977 21 450305, 515728, 578305
खेलकुद

अन्तर विद्यालय फुटसल सम्पन्न

उद्‌घोष संवाददाता
१० असार २०८३, बुधवार

Advertisement

विराटनगर । जीपी कोइराला स्पोट्र्स एकेडेमीद्वारा आयोजित ‘जीपी कोइराला अन्तर विद्यालय फुटसल प्रतियोगिता–२०८३’ जेएनएल फुटसल हलमा सम्पन्न भएको छ ।

प्रतियोगीतामा गोदावरी ईंग्लिस बोर्डिंग स्कूल प्रथम, एभरेष्ट सेकेण्डरी स्कूल द्वितीय र ग्रेडेड सेकेण्डरी स्कूल तृतीय भए ।

प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी गोदावरी स्कूलका श्रीजन श्रेष्ठ घोषित भए । प्रतियोगितामा विराटनगरका १० वटा विद्यालय सहभागी भएको  आयोजक संस्थाका सचिव प्रकाश दाहालले जानकारी दिए ।

प्रतियोगिताको समापन समारोहका प्रमुख अथिति विराटनगर वडा न.९ का अध्यक्ष विश्वनाथ भगतले विजयी खेलाडीहरूलाई शिल्ड, मेडल, प्रमाणपत्र तथा नगद पुरस्कारबाट सम्मान गरेका थिए ।

असार ५ गते भएको प्रतियोगिता उद्घाटन कार्यक्रममा संस्थाका अध्यक्ष रंजन थापा, सीडेन मोरङका अध्यक्ष शुभाशीष कोइराला, राजु मास्के, अनुज बानियाँ, जीवनराज तिम्सिना, सृजन आचार्य, विद्या पोखरेल, सृजना राउत, युवा नेता कृष्ण कार्कीलगायतको उपस्थिति रहेको थियो ।

View : 71

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved