Biratnagar, Morang, Nepal
२७ जेठ २०८३, बुधवार
+977 21 450305, 515728, 578305
समाज

लिम्चुङबुङमा भएको ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

उद्‌घोष संवाददाता
२७ जेठ २०८३, बुधवार

उदयपुर । उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा मधेस प्रदेश ०१–००१ त २८४० नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालकको ज्यान गएको छ । 

लिम्चुङबुङ गाउँपालिकाको देब्रे भङ्ज्याङ सेतीढुंगामा भएको ट्याक्टर दुर्घटनामा लिम्चुङबुङ–१ घर भएका चालक ३२ वर्षीय हिमाल राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

बुधबार विहान करीव ४ बजेतिर ढुंगा लोड गरी फर्कने क्रममा उक्त ट्याक्टर उकालो बाटोमा ट्याक्टर  चढ्न नसकी ब्रेक फेर भएर दुर्घटनामा परेको हो । 

लिम्चुङबुङ गाउँपालिका–३ स्थित सेतीभिरको ओरालोबाट ट्याक्टर खसेको ईलाका प्रहरी कार्यालय लिम्चुङबुङका बरिष्ठ हवदार उमेश मेहताले बताए ।

मृतकको सवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल गाईघाट पठाइएको जनाइएको छ ।

View : 84

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved