विराटनगर । धनकुटाबाट महोत्तरी पुर्याइएको ४८७ किलो १०८ ग्राम लागूऔषध गाँजासहित दुई जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीले एकडारा गाउँपालिका–१ भटोलीयामा ना३ख ६५२१ नम्बरको ट्रकमा खानतलासी गर्दा प्लास्टिकमा बेरिएको ४० किलो ३६० किलोग्राम गाजा बरामद भएको थियो ।
प्रारम्भिक अनुसन्धानका क्रममा उक्त गाजा धनकुटाबाट ल्याई महोत्तरीमा एक व्यक्तिलाई बुझाउन लागिएको खुलेपछि प्रहरीले थप अनुसन्धान अघि बढाएको थियो ।
प्रहरी टोलीले अनुसन्धानलाई विस्तार गर्दै महोत्तरी लैजाने क्रममा गाउँपालिका–४ रानी रतवाडास्थित एक घरमा खोजतलासी गर्दा खाटमुनि प्लास्टिकमा प्याक गरिएको थप ४४६ किलो ७४८ किलोग्राम गाजा फेला पारेको जनाएको छ ।
प्रहरीले गाँजा ओसारपसारमा प्रयोग गरिएको ट्रक र गाँजा ओसारपसारमा संलग्न दुई जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय महोत्तरीमा राखेर अनुसन्धान अघि बढाइएको जनाइएको छ ।
पक्राउ परेका दुवैजनामाथि लागूऔषध सम्बन्धी कसुरमा जिल्ला अदालत महोत्तरीबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको जनाइएको छ ।
View : 39
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved