Biratnagar, Morang, Nepal
२४ वैशाख २०८२, बुधवार
+977 21 450305, 515728, 578305
समाज

रमजानमा इफतार पार्टी (फोटो)

उद्‌घोष सम्वाददाता
१७ चैत २०८०, शनिवार

विराटनगर । मुस्लिम समुदायको पर्व रमजानका अवसरमा नेपाल मुस्लिम संघ मोरङले शनिबार इफतार पार्टी आयोजना गरेको छ ।

नेपाल मुस्लिम संघ मोरङका सभापति आजाद आलमले आपसी सम्बन्ध सुमधुर बनाउँदै मुस्लिम र गैरमुस्लिम समुदायलाई एकताको डोरीमा बाध्न इफतार पार्टी आयोजना गरिएको बताए । इफतार पार्टीका मुस्लिम र गैर मुस्लिम समुदायको सभागिता थियो । 

शनिबार साँझ आयोजित कार्यक्रममा मुस्लिम समुदायका अगुवा एवं नेपाली कांग्रेसका नेता हसन अन्सारी, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं कोशी प्रदेशसभा सदस्य भीम पराजुली, कांग्रेसका कोशी प्रदेश कोषाध्यक्ष राजेश गुप्ता, एमाले नेता जीवन घिमिरे, तमलोपाका मोहमद कादिर, नेकपा एसका नेता वसिम आलम, कांग्रेसका सलिम अन्सारीलगायत मुस्लिम समुदायका अगुवाहरुको सहभागिता थियो ।

View : 689

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved