विराटनगर । विराट सेवा आश्रममा आइतबार लायन्स क्लब अफ विराटनगर मिड सिटीको आयोजनामा निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ।
विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालन गरिएको शिविरमा ७० जनाको आँखाको परीक्षण गरिएको थियो।
विराट सेवा आश्रमका अध्यक्ष खेममणि काफ्लेका अनुसार शिविरका क्रममा गम्भीर प्रकृतिका आँखाका समस्या देखिएका बिरामीलाई थप उपचारका लागि विराटनगर आँखा अस्पतालमा सेवा उपलब्ध गराइनेछ। त्यस्ता बिरामीलाई अस्पतालसम्म लैजानका लागि अस्पतालले नै यातायातको व्यवस्था समेत गर्ने उनले जानकारी दिए।
लायन्स क्लब अफ विराटनगर मिड सिटीका अध्यक्ष सुभाशीष कोइरालाले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै क्लबले वर्षभरि स्वास्थ्य, शिक्षा तथा सामाजिक सेवामूलक कार्यक्रम सञ्चालन गर्दै आएको बताए। यस्ता कार्यक्रमबाट समुदायका विपन्न तथा सेवाको पहुँचभन्दा बाहिर रहेका नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास उनले व्यक्त गरे।
आयोजकका अनुसार शिविरमार्फत आश्रममा आश्रित ज्येष्ठ नागरिक तथा स्थानीय सेवाग्राहीले निःशुल्क आँखा परीक्षणको सुविधा पाएका थिए। आवश्यकता अनुसार थप उपचार तथा परामर्शको व्यवस्था पनि गरिएको जनाइएको छ।
View : 120
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved