Biratnagar, Morang, Nepal
१५ भदौ २०८३, सोमवार
+977 21 450305, 515728, 578305
आर्थिक

सिद्धार्थ बैंकद्वारा भोटेकोशी बाढीपीडितका लागि २ करोड ५१ लाख आर्थिक सहयोग

उद्‌घोष संवाददाता
१५ भदौ २०८३, सोमवार

Advertisement

विराटनगर । रसुवा जिल्लाको भोटेकोशी तथा त्रिशूली नदी प्रणालीमा आएको विनाशकारी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै सिद्धार्थ बैंक लिमिटेडले बाढीपीडितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि २ करोड ५१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

बैंकले सो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरेको हो । 

सहयोग रकमको चेक सिद्धार्थ बैंकका अध्यक्ष राहुल अग्रवाल तथा प्रमुख कार्यकारी अधिकृत रामेश्वरप्रसाद श्रेष्ठले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको बैंकले जनाएको छ ।

सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्ध बैंकले विपद्बाट प्रभावित नागरिकको पीडामा साथ दिँदै राहत तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सहयोग गरेको जनाएको छ । 

बैंकले बाढीका कारण ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ । 

साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित समुदायको पुनःस्थापना र सामान्य जनजीवनमा फर्काउन सरकारी तथा सरोकारवाला निकायका प्रयास सफल होऊन् भन्ने कामना गरेको छ ।

View : 37

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved