फाइल तस्वीर ।
विराटनगर । नेपाल आयल निगमको विराटनगरस्थित प्रादेशिक कार्यालयमा प्रशासनले छापा मारेको छ । मंगलबार अपरान्ह प्रहरीसहित पुगेको जिल्ला प्रशासन कार्यालयको टोलीले निगमको मौज्दात जाँच गरेर फर्किएको छ ।
ग्यासमा भएको कृत्रिम अभावमा निगमबाटै कैफियत भएको गुनासो आएपछि प्रशासनले जाँच गरेको हो । खाना पकाउने ग्यासमा भएको अभावमा निगम वा ब्यवसायीको संलग्नता पत्ता लगाउन मौज्दात जाँच गरेर प्रशासनले पहल गरेको बताइएको छ ।
प्रहरी सुरक्षासहित गएको टोलीले निगमबाट बाहिरिने ग्यासका साथै पेट्रोलियम पदार्थको पनि जाँच गरेको छ । सो क्रममा पेट्रोलियम बोकेको ट्याङ्करलाई नियन्त्रणमा लिएर नाम गरिएको छ ।
नेपाल पेट्रोलियम ढुुवानी संघ कोशी प्रदेशका महासचिव रुद्र कार्कीले एउटा ट्याङ्करमा १२ हजार लिटर पेट्रोलियम भए नभएको जाँच गरेर छाडिएको छ ।
मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले आपूm ब्यस्त भएको बताउंँदै कुरा गर्न भ्याएनन् ।
मोरङका प्रहरी उपरीक्षक कबित कटुवालले भनें प्रशासनको टोलीलाई सुरक्षा दिन आयल निगममा प्रहरी गएको बताए । उनले खाना पकाउने ग्यासमा देखिएको कृत्रिम अभाव बारे बुझ्न प्रशासनको टोली निगममा गएको जानकारी दिए ।
नेपाल आयल निगम विराटनगरका प्रमुख पुस्कर कार्कीले जिल्ला प्रशासन कार्यालय र नापतौल कार्यालयबाट संयुक्त रुपमा अनुगमन गरेको स्वीकार गरे ।
खाना पकाउने ग्यासमा देखिएको कृत्रिम अभावका विषयमा अनुगमन टोलीले कोशी, मारुती, प्रिमा, शुभम् र रिजालको गरी पाँच वटा उद्योगलाई ग्याँस उपलब्ध गराउँदै आएको उनले बताए ।
निगमले उपलब्ध गराएको ग्यास अनुसार विक्री भैरहेको वा उद्योगहरुले मौज्दात राखेको भन्ने बारे उद्योगहरुमा नै गएर प्रशासनले जाँचबुझ गर्ने स्रोतले बताएको छ ।
View : 336
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved