Biratnagar, Morang, Nepal
१६ असार २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

मंगलबार पनि रोकिएन नेप्से परिसूचकको ओरालो यात्रा, मंगलबार २४ दशमलव ६३ अंकको गिरावट

उद्‌घोष संवाददाता
१६ असार २०८३, मङ्गलवार

Advertisement

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार पनि ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २४ दशमलव ६३ अंकले ओरालो लागेर दुई हजार ६०८ दशमलव ३३ मा सीमित भएको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव शून्य चार अंकले ओरालो लागेर ४५२ दशमलव ७९ अंकमा सीमित भएको छ ।

कूल ३६५ कम्पनीको ८७ लाख ३७ हजार ३९२ कित्ता शेयर तीन अर्ब २५ करोड ८७ लाख ५८ हजार १४ मूल्यमा खरिद बिक्री भएको छ ।

नेप्सेका अनुसार, कारोबारका आधारमा सिद्धार्थ बैंक शीर्ष स्थानमा छ ।

टक्सार पिखुवा खोला हाइड्रोपावर, आँखु खोला जलविद्युत् कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चर, याम्बलिङ हाइड्रोपावर शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार स्नो रिभर लिमिटेड, कर्पोरेट डेभलपमेन्ट बैंक, स्वाभिमान लघुवित्त, स्ट्याण्डर्ड चार्टड बैंकको डिवेञ्चर र सिर्जनशील लघुवित्तका लगानीकर्ताले कमाएका छन् ।

टक्सार पिखुवा खोला हाइड्रोपावर, याम्बलिङ हाइड्रोपावर, सोपान फर्मासिटिकल्स, श्रीनगर एग्रीटेक र पियोर इनर्जीका लगानीकर्ताले भने गुमाएका छन् ।

View : 31

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved