Biratnagar, Morang, Nepal
२४ भदौ २०८३, बुधवार
+977 21 450305, 515728, 578305
कोशी

धनकुटामा एक हजार २४० किलो गाँजासहित ट्रक बरामद

उद्‌घोष संवाददाता
२४ भदौ २०८३, बुधवार

Advertisement

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–७ फेदीबाट प्रहरीले १ हजार २४० किलो ६ सय ग्राम लागूऔषध गाँजासहित ट्रक बरामद गरेको छ ।

कोशी लोकमार्गअन्तर्गत फेदी क्षेत्रमा बुधबार राति करिब ११ बजे मुलघाटबाट खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त चेकिङ टोलीले धनकुटाबाट भेडेटारतर्फ जाँदै गरेको ना.४ ख ५२७ नम्बरको ट्रकलाई चेकजाँचका लागि रोक्न खोजेको थियो ।

प्रहरीले ट्रक रोक्न खोज्दा चालकले ट्रकबाट हाम फालेर फरार भएका थिए । ट्रक शंकास्पद लागेपछि प्रहरीले चेकजाँच गर्दा ट्रकभित्र लुकाइराखेको अवस्थामा ठूलो परिमाणमा गाँजा फेला पारेको हो ।

गाँजासहित ट्रक नियन्त्रणमा लिएर प्रहरीले फरार चालकको खोजी गरिरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

View : 19

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved