Biratnagar, Morang, Nepal
५ साउन २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
खेलकुद

धरानमा ‘चिभास इस्टर्न गल्फ टुर्नामेन्ट– २०२६’ हुने

उद्‌घोष संवाददाता
१२ माघ २०८२, सोमवार

Advertisement

विराटनगर । कोशी प्रदेश गल्फ संघले ‘चिभास इस्टर्न गल्फ टुर्नामेन्ट २०२६’ को तयारी अघि बढाएको छ । 

धरानस्थित गल्फ कोर्समा १२० भन्दा बढी एमेच्योअर गल्फ खेलाडीहरू (महिला, पुरुष, भेट्रान) को सहभागितामा माघ १६ र १७ गते दुई दिने प्रतियोगिता हुन लागेको कोशी प्रदेश गल्फ संघका अध्यक्ष सुयेश प्याकुरेलले बताए ।

चिभास रिगलसँगको साझेदारीमा संघले गल्फ प्रतियोगिता अघि बढाएको हो । कोशी प्रदेशमा गल्फ खेलको दीर्घकालीन विकासप्रति आफ्नो प्रतिबद्धता दोहोर्याउँदै पूर्वी नेपालमा गल्फ खेलको प्रचार र सम्भावना विकास गर्ने उद्देश्यका साथ यो प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष प्याकुरेलले बताए ।

उनले स्थापनाकालदेखि नै गल्फ खेलको प्रवद्र्धन गर्दै आएको संघले एमेच्योअर तथा व्यावसायिक दुवै खेलाडीलाई प्रतिस्पर्धात्मक मञ्च प्रदान गरिरहेको जानकारी दिए ।

साथै, गल्फ खेलको विकासका अवसरहरू प्रदान गर्दै प्रतियोगितामार्फत खेलाडीहरूको प्रतिभा प्रस्फुटनमा समेत थप भूमिका खेलिरहेको उनले बताए ।

चिभास रिगलले विगतदेखि नै काठमाडौंमा आयोजना हुने प्रिमियम गल्फ प्रतियोगिताहरूलाई निरन्तर सहयोग गर्दै आएकोमा पहिलो पटक राजधानी बाहिर पनि सहकार्य अघि बढाएको चिभास रिगलका कन्ट्री बिजनेस डेभलपमेन्ट म्यानेजर सौरभ भट्टराईले बताए ।

उनले चिभास रिगलको नेपालमा गल्फ खेलसँग पुरानो सम्बन्ध रहेको जानकारी दिए । 

उनले काठमाडौं बाहिर गल्फ खेलको विस्तार गर्नु आगामी दिनहरूमा मुख्य प्राथमिकता रहेको बताए ।

प्रतियोगिताको हस्पिटालिटी पार्टनरमा इटहरीस्थित होटल रमाडा रहेको छ भने सह–आयोजकमा धरान गल्फ क्लब रहेको छ ।

View : 164

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved