Biratnagar, Morang, Nepal
७ जेठ २०८१, सोमवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

क्यान्सरपीडितलाई कांग्रेसको सहयोग

उद्घोष सम्वाददाता
१९ चैत २०८०, सोमवार

धरान । नेपाली कांग्रेसले क्यान्सरपीडितलाई आर्थिक सहयोग गरेको छ । क्यान्सर रोगको उपचार गराइरहेकी धरान–१९ की कुमारी तामाङ (मार्था) लाई नेपाली कांग्रेसले आर्थिक सहयोग गरेको हो ।

सामाजिक क्षेक्रमा त्रियाशील उनलाई ६ महिनाअघि थर्ड स्टेजको ब्रेष्ट क्यान्सर भएको पत्ता लागेको थियो ।

भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराउँदै आएकी उनी हाल चिकित्सकको सल्लाहअनुसार निरन्तर फलोअपमा रहेकी छन् ।

उपचारमा आर्थिक अभाव भएपछि नेपाल तरुण दल धरान, नेपाली कांग्रेस धरान, प्रदेशसभा १(१), प्रतिनिधिसभा क्षेत्र नं. १ सुनसरी तथा सहयोगी कांग्रेस नेताहरूले जुटाएको रकम ४१ हजार १ सय कांग्रेस नेताहरू घरमै गई हस्तान्तरण गरेका छन् ।

सो अवसरमा नेपाली कांग्रेसका सुनसरी जिल्ला सचिव माधव घिसिङ, क्षेत्रीय सभापति सुजेन्द्र गोले तामाङ, प्रदेशसभा १(१) सभापति अनिल श्रेष्ठ, नगर सभापति श्याम पोखरेल, महासमिति सदस्य तिलक राईलगायतका नेताहरूको उपस्थिति रहेको थियो ।
 

View : 40

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved