Biratnagar, Morang, Nepal
२५ फागुन २०८२, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

पानीमा डुबेर दुईको मृत्यु

उद्‌घोष संवाददाता
१६ असार २०८१, आइतवार

विराटनगर । मोरङ पथरी शनिश्चरे–७ का धनराज गिरी र सुनसरी रामधुनी–८ का साजन चौधरीको पानीमा डुबेर मृत्यु भएको छ ।

शनिबार पथरीशनिश्चरेस्थित पथरी खोलामा नुहाउने क्रममा ४६ बर्षीय गिरी पानीमा डुबेको अवस्थामा स्थानीयले फेला पारी उपचारको लागि स्थानीय मंगलबारे अस्पताल लगिएकोमा अस्पताल पुर्‍याउनासाथ उनको मृत्यु भएको हो । 

यसैगरी सुनसरी रामधुनी–८ कालीझोडाका सुनिल चौधरीको डेढ बर्षीय छोरा साजन चौधरी घर नजिकै नहरको पानीमा डुबेको अवस्थामा आफन्तले फेला पारी उपचारार्थ इनरूवा अस्पताल लगेकोमा डाक्टरले  जाँचको क्रममा मृत घोषणा गरेका थिए ।

View : 774

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
अध्यक्ष : मोहन भण्डारी
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved