Biratnagar, Morang, Nepal
२२ जेठ २०८३, शुक्रवार
+977 21 450305, 515728, 578305
समाज

महानगरबाट प्रमुख प्रशासकीय अधिकृत दुलालको बिदाइ

उद्‌घोष संवाददाता
२१ जेठ २०८३, बिहिवार

विराटनगर । विराटनगर महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृतबाट सरुवा भई भूमि व्यवस्था विभागमा जानलागेका योगेन्द्रप्रसाद दुलाललाई औपचारिक समारोहका बीच बिदाइ गरेको छ । 

महानगरमा बुधबार आयोजित कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी तथा विभिन्न शाखा–महाशाखाका प्रमुखहरूले दुलालको कार्यकालको प्रशंसा गर्दै सम्मानपूर्वक बिदाइ गरेका हुन् ।

बिदाइ समारोहमा महानगरका मेयर नागेश कोइरालाले दुलालले चुनौतीपूर्ण परिस्थितिमा समेत प्रशासनिक नेतृत्व सम्हाल्दै महानगरको सेवा प्रवाहलाई प्रभावकारी बनाउन महत्वपूर्ण योगदान दिएको बताए । 

‘उपमेयर शिल्पा निराला कार्कीले पनि दुलालको कार्यशैली, इमान्दारिता र समन्वयकारी भूमिकाको प्रशंसा गर्दै महानगरको संस्थागत सुदृढीकरणमा उनले पुर्याएको योगदान स्मरणीय रहने बताइन् । 

कार्यक्रममा सबै वडाध्यक्षका तर्फबाट धारणा राख्दै वडा नम्बर १ का अध्यक्ष काजीबहादुर बस्नेतले दुलाललाई कर्मठ, अनुशासित र परिणाममुखी प्रशासकका रूपमा चित्रित गरे । 

२०८२ भदौ ४ गते विराटनगर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यभार सम्हालेका दुलालले आफ्नो कार्यकाललाई स्मरण गर्दै विराटनगरको अनुभव जीवनकै महत्वपूर्ण अध्याय बनेको बताए । 

सामान्य प्रशासन महाशाखाका प्रमुख अर्जुन थपलियाले सहजीकरण गरेको कार्यक्रममा महाशाखा प्रमुख, शाखाप्रमुख, जनप्रतिनिधि तथा कर्मचारीहरूले खादा, माला र अविर लगाएर दुलाललाई सम्मानपूर्वक बिदाइ गरेका थिए । 

दुलालको सरुवापछि विराटनगर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी झापा निवासी विजयकुमार शर्माले सम्हाल्ने भएका छन् ।

View : 85

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved