Biratnagar, Morang, Nepal
५ साउन २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
कोशी

मतगणना नसकिंदै मोदीले स्वीकारे हार

उद्‌घोष संवाददाता
२२ फागुन २०८२, शुक्रवार

Advertisement

विराटनगर । नेपाली कम्प्युनिष्ट पार्टीबाट मोरङ क्षेत्र नम्बर–४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अमनलाल मोदीले आफ्नो हार स्वीकार गरेका छन् । 

जितको ह्याट्रिक पर्खिरहेका मोदी रास्वपाको रुझानसामू निरिह बन्दै सामाजिक संजालबाट सहजै हार स्वीकार गरेका हुन् ।

उनले मतगणना जारी रहेपनि मतान्तर धेरै भएकोले हार स्वीकार गरेको उल्लेख गरेका छन् । 

‘मतगणना अझै जारी छ, तथापि मतान्तर धेरै भएकाले म आफ्नो हार स्वीकार गर्दछु’ यो निर्वाचनमा जितको पर्खाइमा रहेका मोदीले भनेका छन्, ‘विजयोन्मुख रास्वपाका सन्तोष राजवंशीलाई हार्दिक बधाई,  देशव्यापी रूपमा अभूतपूर्व जित हासिल गरेकोमा रास्वपालाई बधाई तथा शुभकामना ।’

उनले ‘तारा’ चिन्हमा मतदान गर्ने मतदातालाई कृतज्ञता समेत व्यक्त गरेका छन् । आफु प्राप्त चुनावी परिणामबाट कत्ति पनि विचलित नभई आत्मसमीक्षा गरेर आगामी दिनमा पार्टीलाई अझ सशक्त  बनाउने बताए ।

उनले लेखेका छन् ‘चुनावमा हारजित हुन्छ तर संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझ मजबुत गर्दै देश र जनताको सदैव कटिबद्ध रहनेछु र म हारेपनि देश र जनता कहिले नहारोस् ।’

शुक्रबार साँझ ८ बजेसम्मको मतपरिणाम अनुसार मोरङ–४ मा रास्वपाका राजवंशी १९ हजार ९१६ मतका साथ अगाडि छन् । मोदीले भने ९ हजार १९ मत पाएका छन् । त्यस्तै कांग्रेसका महामन्त्री समेत रहेका गुरुराज घिमिरेले ७ हजार २९६ र एमालेका जीवन घिमिरेले ४ हजार २६७ मत प्राप्त गरेका छन् ।

View : 185

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved