Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
साहित्य

पोखरेलको आत्मवृत्तान्त जीवनी लोकार्पण

उद्‌घोष संवाददाता
१४ वैशाख २०८२, आइतवार

विराटनगर । वरिष्ठ साहित्यकार बलराम पोखरेलद्वारा लिखित आत्मवृतान्त जीवन लोकार्पण गरिएको छ । 

नेपाल स्रष्टा समाज कोशी प्रदेशले शनिबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा आत्मवृतान्त जीवन लोकार्पण गरिएको हो ।

प्रा.डा. खगेन्द्र आचार्य, साहित्यकारहरु कविराज न्यौपाने, नारायणप्रसाद आचार्य, हरि कट्टेल, आयोजक संस्थाका प्रदेश संयोजक कृष्णप्रसाद भण्डारी मार्सेली, मेदिनीप्रसाद शर्मा नेपाल, चिकित्सक डा. हेमसागर रिमाल, शिक्षासेवी लेखनाथ घिमिरे, जीवन काफ्ले लगायतले संयुक्त रुपमा पु्स्तकको विमोचन गरे ।

पुस्तकमाथि समालोचक प्रा.डा. हरिहर भण्डारीले समीक्षा गरेका थिए । पुस्तकमा वरिष्ठ साहित्यकार पोखरेलले आफ्नो जीवनमा भोगेका विभिन्न घटनाक्रमलाई समेटेका छन् ।

View : 455

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved