घर निर्माण प्रदर्शनी :
विराटनगर । अन्नपूर्ण केबल इण्डस्ट्रिज प्रालि नेपालको अग्रणी केबल उत्पादन कम्पनी हो । कम्पनीले राठी ब्राण्डका विभिन्न केबल उत्पादन गर्दै आएको छ ।
२५ वर्षअघि विराटनगरमा स्थापना भएको यो कम्पनीले ‘राठी’ ब्राण्डअन्तर्गत विभिन्न प्रकारका गुणस्तरीय केबल उत्पादन गर्दै आएको छ ।
हाल विराटनगरको जैन भवनमा सञ्चालन भइरहेको ‘घर निर्माण प्रदर्शनी २०८२’मा कम्पनीले आफ्ना नवीनतम तथा सुरक्षित उत्पादनहरू प्रदर्शनमा राखेको छ ।
कम्पनीका सेल्स हेड सुमन सिंहका अनुसार कम्पनीले हालै ‘फायर एक्स जिरो ह्यालोजन केबल’ बजारमा ल्याएको छ ।
यस केबलको प्रमुख विशेषता भनेको १०५ डिग्री सेल्सियससम्म तापक्रम सहन सक्ने क्षमता हो । जसले गर्दा यस्तो तापक्रममा पनि आगलागी नहुने सिंह बताउँछन् ।
उनका अनुसार, यदि अन्य कारणले आगो लागे पनि यस केबलबाट हानिकारक कालो धुवाँ वा विषालु ग्यास निस्किदैन । यस्तै कपर (तामा) प्रयोग गरिएको यस केबलले विद्युत खपत कम गरी ऊर्जा क्षमता बढाउँछ ।
कम्पनीले पहिलो पटक मिडियम भोल्टेज कभर कण्डक्टर केबलको आपूर्ति तथा वितरण गर्न सफल भएको दाबी गरेको छ । यस उपलब्धिले कम्पनीको प्राविधिक क्षमता र विश्वसनीयता थप मजबुत भएको कम्पनीको भनाइ छ ।
देशभर सुरक्षित, दीर्घकालीन तथा वातावरणमैत्री विद्युत समाधान उपलब्ध गराउने उद्देश्यसहित राठी केबलले घरायसी प्रयोगदेखि ठूला निर्माण परियोजनासम्मका आवश्यक सम्पूर्ण प्रकारका तारहरू उपलब्ध गराउँदै आएको छ ।
आईएसओ प्रमाणित कम्पनीका रूपमा स्थापित राठी केबल नेपाली बजारमा विश्वसनीय ब्राण्डका रूपमा उभिएको छ ।
View : 389
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved