Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
आर्थिक

विलबिजक नभएको काँचो केरा सहितचार जना नियन्त्रणमा पक्राउ

उद्‌घोष संवाददाता
५ वैशाख २०८३, शनिवार

सुनसरी । सुनसरी हरिनगर गाउँपालिका–४ भुटहा बजारबाट प्रहरीले ११ लाख रुपैयाँभन्दा बढीको काँचो केरासहित चार जनालाई शुक्रबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गाडिका चालक मोरङग रतुवामाई गाउँपालिका–८ का २२ वर्षीय प्रल्हाद दाहाल, मोरङग उर्लाबारी नगरपालिका–८ का २४ वर्षीय ज्ञानबहादुर भट्टराई, सुनसरी भोक्रा हानरसिंह गाउँपालिका–२ का २७ वर्षीय सेराज मियाँ र कोशी गाउँपालिका–८ भण्टाबारीका ६० वर्षीय रामेश्वर दास रहेको जिल्ला प्रहरी कार्यालयका सुनसरीका प्रहरी उपरीक्षक केशबकुमार थेबेले जानकारी दिए ।

सूचनाको अधारमा खटिएको प्रहरीको टोलीले घुस्कीबाट इनरुवातर्फ आउँदै गरेको प्र १–०२–००२ च ७४४९ र प्र १–०१–००२ च १८०१ नम्बरको पिकअप गाडीलाई जाँच गर्दा विलबिजक नभएको काँचो केरासहित नियन्त्रणमा लिएको उनले जानकारी दिए ।

बरामद भएको सामग्रीको ११ लाख २० हजार रुपैयाँ मुल्याङ्कन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बरामद भएको केरा र सवारी आवश्यक कारबाहीका लागि सुनसरी भन्सार कार्यालय सेतुबन्ध कोसी ब्यारेज बुझाइएको प्रहरीले जनाएको छ ।

View : 137

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved