Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
साहित्य

बेलबारीमा गणेश रसिकको सम्झना

उद्‌घोष संवाददाता
२६ जेठ २०८२, सोमवार

सुन्दरहरैंचा । मोरङको बेलबारीमा दिवङ्ग्त गीतकार, सङ्गीतकार, गायक तथा अग्रज स्रष्टा गणेश रसिकको जीवनी, व्यक्तित्व तथा कृतित्वमाथि चर्चा परिचर्चा गरिएको छ । 

‘लेखक, स्रष्टा तथा कलाकार अमर हुन्छन्, उनीहरूको श्रद्धाञ्जली सभा गर्नु आवश्यक छैन भन्ने सन्देश दिने उद्देश्यले आयोजित उक्त कार्यक्रममा रसिकका तस्वीरमा फूल माला वा अबिरको कुनै कार्यक्रम राखिएको थिएन । कार्यक्रम अवधिभर नै उनीप्रति श्रद्धाञ्जलीका शब्दसमेत व्यक्त गरिएन ।

जुझारु मिडिया एन्ड रिसर्च सेन्टर तथा शिक्षा सन्देश अंग्रेजी स्कुलको संयुक्त आयोजनमा भएको कार्यक्रममा लेखक तथा अनुसन्धाता केशु विरहीले रसिकको ‘जीवनी, व्यक्तित्व तथा कृतित्व’ माथि चर्चा गरेका थिए । 

रसिकको व्यक्तित्वका विभिन्न पाटाका बारेमा प्रस्ट पार्दै  लेखक, स्रष्टा तथा कलाकार सधैं अमर रहने हुनाले उनीहरूको तस्वीरमा फूलमाला तथा अबिर चढाउन नपर्ने विचार व्यक्त गरे ।

पूर्व सांसदसमेत रहेका वरिष्ठ साहित्यकार हर्कमान तामाङ प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा भाषाविद् अमृतप्रसाद आचार्य, नाटककार भरत गुरागाईं बर्बरिक, सुन्दहरैंचा कला, साहित्य विकास समितिका अध्यक्ष डा छवि वैरागी घिमिरेलगायतका व्यक्तित्वले रसिकलाई सम्झिएका थिए । 

कार्यक्रममा बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौला, शिक्षा सन्देश अंग्रेजी विद्यालयका प्रधानाध्यापक राजेश खत्री, कला–साहित्य प्रवद्र्धन समिति पथरी शनिश्चरेका सचिव लक्ष्मीप्रसाद फुयल, प्रिन्स प्रमोद ढकाल, सोमप्रसाद भट्टराई, सिजन श्रेष्ठ, दुर्गा खरेल, यादव भट्टराई, खेमचन्द्र अधिकारी, वासु अधिकारी, एकराज भट्टराईलगायतका लेखक, स्रष्टा तथा कलाकारहरूको उपस्थिति थियो ।

View : 282

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved