Biratnagar, Morang, Nepal
१५ असार २०८३, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

कोशी प्रदेश योजना आयोगको सदस्यमा थापा नियुक्त

उद्‌घोष संवाददाता
१५ असार २०८३, सोमवार

Advertisement

विराटनगर । कोशी प्रदेश योजना आयोगको सदस्यमा सुनसरी बराहक्षेत्र नगरपालिका–२ का अनिल थापालाई नियुक्त गर्ने निर्णय गरिएको छ ।

कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले थापालाई नियुक्त गर्ने निर्णय गरेको प्रदेश सरकारका खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री तिलचन पाठकले जानकारी दिए ।

बैठकले प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायी ऐन, २०७८ लाई संशोधन गर्न बनेको विधेयक स्वीकृत गरेको छ ।

प्रदेशसभा सदस्यका स्वकीय सचिवको पारिश्रमिक रोकिएकै मितिदेखि नियमित गर्ने निर्णय भएको र प्रदेश खेलकुद पहिलो संशोधन अध्यादेश, २०८३ लाई प्रतिस्थापन गर्न बनेको विधेयकलाई स्वीकृत गरेको मन्त्री पाठकले बताए ।

View : 46

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved