Biratnagar, Morang, Nepal
२२ जेठ २०८३, शुक्रवार
+977 21 450305, 515728, 578305
खेलकुद

राष्ट्रिय स्कुल च्याम्पियनसिप क्रिकेटको उपाधि डिभिएमलाई

उद्‌घोष संवाददाता
२० जेठ २०८३, बुधवार

सुनसरी । राष्ट्रिय स्कुल च्याम्पियनसिप सुनसरी क्रिकेट छनोट प्रतियोगिताको उपाधि नेपाल डिभिएम स्कुलले जितेको छ । 

बुधबार इटहरीस्थित डिभिएम जनता पार्कमा सम्पन्न फाइनल खेलमा जनता माध्यमिक विद्यालय इटहरीलाई २५ रनले पराजित गर्दै डिभिएम जिल्ला च्याम्पियन बनेको हो । 

घरेलु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको डिभिएमले निर्धारित १० ओभरमा ६ विकेट गुमाउदै ८६ रन बनाएको थियो । 

८७ रनको लक्ष्य पछ्याएको जनता मावि डिभिएमका बलरहरूको कसिलो प्रदर्शनसामु दबाबमा पर्दै निर्धारित १० ओभरमा ६१ रनमा सीमित भयो । प्रतियोगितामा जनता माविका एसान खान सर्वोत्कृष्ट खेलाडी (म्यान अफ द टुर्नामेन्ट) घोषित भए । 

फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेका डिभिएमका युनिष खड्का प्लेयर अफ द म्याच चुनिए भने आदित्य पौडेल उदयमान खेलाडी घोषित भए ।

प्रतियोगिताको समापन समारोहमा सुनसरी जिल्ला क्रिकेट संघका अध्यक्ष सीपी पौडेल, उपाध्यक्ष सञ्जीव ढुंगाना तथा डिभिएम स्कुलका प्राचार्य बेणुप्रसाद सिटौलाले विजेता तथा उपविजेता टोलीलाई ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरेका थिए । 

प्रतियोगिताको उपाधिसँगै डिभिएमले राष्ट्रिय स्कुल च्याम्पियनसिपको प्रदेशस्तरीय छनोटमा सुनसरी जिल्लाको प्रतिनिधित्व गर्ने भएको छ ।

सुनसरी जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालित प्रतियोगितामा जिल्लाका २० वटा विद्यालय सहभागी भएको प्रतियोगिता संयोजक गोविन्द पौडेलले जानकारी दिए ।

View : 107

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved