Biratnagar, Morang, Nepal
२० वैशाख २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

राप्रपा मोरङले सक्रियता बढायो

उद्‌घोष सम्वाददाता
२२ कार्तिक २०८०, बुधवार

विराटनगर : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मोरङले जिल्लामा पार्टी गतिविधि बढाएको छ । राप्रपा मोरङका अध्यक्ष गोपाल कटवालले पार्टीको ६ महिने अभियान अन्तर्गत पहिलो चरणमा भूगोल केन्द्रित कार्यक्रम सम्पन्न भएको छ ।

केन्द्रीय निर्देशन अनुसार देशव्यापी अभियान अन्तर्गत संगठन विस्तार र सचेतना अभियानका साथ मोरङका १७ वटै पालिकामा गरिएको सो  कार्यक्रम ३४ दिनमा सम्पन्न भएको अध्यक्ष कटवालले बताए । 

राप्रपाले आइतबारदेखि फेरि प्रत्येक पालिकामा समीक्षा बैठक राखेको छ । मिक्लाजुङबाट सुरुवात गरिएको  सो बैठक सबै पालिकामा गरिने जनाइएको छ । सोका लागि सबै पालिकाका राप्रपा एकाईं संयोजकलाई सक्रिय भएका छन् । 

हाल राप्रपाका विभिन्न पालिका संयोजकहरुमा विकास लिम्बू–विराटनगर, निरुपा निरौला–उर्लाबारी, राम केसी–सुन्दरहरैंचा, भोला गौतम–बेलबारी, हरेन्द्रमान खत्री पथरी, झरेन्द्रबहादुर खड्का रतुवामाई,  कुशुमलाल साह सुनवर्षी, देवप्रकाश मण्डल रंगेल, केशवराम निरौला लेटाङ, पुखलाल विश्वास ग्रामथान, रमेशकुमार राउत कटहरी, तारानाथ मगर कैलाश मिक्लाजुङ, तीर्थ गुरुङ कानेपोखरी, आभशादेवी माझी बुढीगंगा, धर्मवीर मण्डल धनपालथान, ओमप्रकाश मण्डल जहदा र रामऔतार ठाकुर केरावारी छन् ।  नवीन राप्रपाको अभियान अनुसार राप्रपा अगाडि बढेको नेपाल प्राज्ञिक परिषद मोरङ संयोजक चेतन खड्काले बताए ।

View : 218

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved