Biratnagar, Morang, Nepal
२० वैशाख २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

प्रदेशको  पुनः सीमांकन हुनुपर्ने माग

उद्‌घोष सम्वाददाता
२६ मंसिर २०८०, मङ्गलवार

विराटनगर : कोशी प्रदेशको  नामांकनमा विवाद भैरहेको बेला समावेशी समाजवादी  पार्टीले  प्रदेशको  पुन सीमांकन हुनुपर्ने माग अघि सारेको छ । हाल कोशी प्रदेशमा रहेका झापा , मोरङ, सुनसरी, उदयपुर र मधेश प्रदेशका सप्तरी र सिरहाको उत्तरी क्षेत्र समेटेर  छुटै प्रदेश बनाउनुपर्ने र सो प्रदेशको नामांकका थरुहट कोचिला प्रदेश बनाउनुपर्ने सो  पार्टीको माग छ । 

समावेशी समाजवादी  पार्टीको विराटनगरमा सम्पन्न केन्द्रीय समिति वैठकले गरेका निर्णय सार्वजनिक गर्न सोमबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका राष्ट्रिय अध्यक्ष किशोरकुमार विश्वासले हाल कोशी प्रदेशमा रहेका पहाडी भूगोल भएका १० जिल्लाको छुट्टै प्रदेश बनाउनुपर्ने  र कोशीमा पर्ने  तराईका चार जिल्ला र मधेश प्रदेशका सप्तरी र सिराहालाई मिलाएर थरुहट कोचिला प्रदेश बनाउनुपर्ने बताए । 

उनले भने- पहिचानका  पाँच र सामर्थ्यका चार आधारसहित प्रदेशको सीमांकन हुनुपर्छ ।'

उनले कोशी प्रदेशको नामांकन भन्दा पनि सीमांकनमा पुनर्विचार गर्न  माग गरे  ।

पत्रकार सम्मेलनमा बोल्दै विश्वासले जातीय अन्तविरोध अन्त्यका लागि मेची महाकाली राष्ट्रिय जागरण अभियान पनि सञ्चालनको तयारी भैरहेको जानकारी दिए ।

पुस १४ गतेदेखि हुने जागरण अभियानको पहिलो चरणमा झापा, मोरङ, सुनसरी र उदयपुरमा तय गरिएको उनले बताए । वर्तमान सत्ता गठबन्धन र प्रमुख विपक्षी दलका कारण मूलुकामा भ्रष्टाचार र कुशासन बढेको उनको आरोप छ । 
 

View : 262

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved