Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
समाज

साढे ११ लाख बराबरको फर्सीको बीउ बरामद

उद्‌घोष संवाददाता
२० जेठ २०८३, बुधवार

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले अवैध रूपमा भारततर्फ निकासी गर्न लागिएको ठूलो परिमाणको फर्सीको बीउ बरामद गरेको छ । 

प्रहरीका अनुसार सेप्टेम्बर साँझ करिब ७ बजे करिबियाँपट्टि गाउँपालिका–१ निवासी हरिदेव दासको घरमा अवैध रूपमा नेपालबाट भारततर्फ लैजानका लागि फर्सीको बीउ प्रहरीले छापा मारेको थियो ।

खानतलासीका क्रममा घरको भान्साघरमा लुकाएर राखिएको फर्सीको बीउ ७० बोरा फेला परेको प्रहरीले जनाएको छ । 

बरामद गरिएको बीउको अनुमानित मूल्य ११ लाख ६० हजार रुपैयाँछ । उक्त बीउ प्रतिवोरा २८ हजार मूल्य पर्ने बताइएको छ । 

बरामद गरिएको फर्सीको बीउ आवश्यक अनुसन्धान तथा कारबाहीका लागि भन्सार कार्यालय माडर, सिरहामा बुझाइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

View : 85

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved