विराटनगर । विराटनगर विमानस्थलबाट स्रोत नखुलेको नगद ११ लाख रूपैयाँसहित सुनसरीको धरान उपमहानगरपालिका–१८ का ३५ वर्षीय दिलीप तामाङलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर महानगरपालिका–४ स्थित विराटनगर विमानस्थलमा चेकजाँच गर्ने क्रममा काठमाडौं जान लागेका यात्रुहरूबाट ठूलो परिमाणमा नगद बरामद गरिएको हो ।
शुक्रबार राती ८ बजे बुद्ध एयरको उडानमार्फत काठमाडौं जान लागेका धरानका तामाङको झोलाबाट ११ लाख रुपैयाँ बरामद भएको थियो ।
त्यसैगरी शनिबार दिउँसो करिब ३ः३५ बजे श्री एयरलाइन्सको उडानमार्फत काठमाडौं जान लागेका भारतको जिल्ला माल्दा सुजागंज चन्चला बस्ने ३६ वर्षीय मोहिदिल अलिले बोकेको ब्यागबाट १५ लाख ८० हजार रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक कोपिला चुडालले जानकारी दिइन् ।
बरामद गरिएको रकम जोड्दा कुल २६ लाख ८० हजार रुपैयाँ हुन आउँछ ।
उक्त रकमको स्रोत खुल्न नसकेपछि दुवैलाई नगदसहित नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।
View : 140
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved