Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
खेलकुद

नेपाल हब पुरुष २०–२० क्रिकेट प्रतियोगिताको उपाधि सिरहालाई

उद्‌घोष संवाददाता
२७ वैशाख २०८३, आइतवार

विराटनगर । दोस्रो संस्करणको नेपाल हब पुरुष ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको उपाधि सिरहा हबले जितेको छ । 

नेपाल क्रिकेट फाउण्डेशन र कोशी क्रिकेट संघको आयोजनामा विराटनगर–६ स्थित मेरिलिबोन ज्वाला क्रिकेट मैदानमा भएको फाइनल खेलमा सिरहाले विराटनगर हबलाई २४ रनले पराजित र्दै विजयी भएको हो । 

टस जितेर ब्याटिङ गरेकोे सिरहाले निर्धारित २० ओभरमा सवै विकेट गुमाई १ सय १० रन बनाएको थियो । 

सिरहाका प्लेयरअफ फाइनल कप्तान आयुस ४७ रन बनाउँदा दुर्गेश मण्डलले २४ रन बनाएका थिए । विराटनगरका अभय कामतले ४ विकेट लिंदा मनिष कामतले २ विकेट लिए । 

१ सय ११ रनको लक्ष्य पाएको विराटनगर भने १८ दशमलव ३ बलमा सवै विकेट गुमाउ“दै ९४ रनमा सिमित भयो । 

विराटनगरका मनिष कामतले २५ रन बनाए । त्यस्तै क्षितिज करण १६ रनको योगदान गरे । 

सिरहाका आयुष विकले ४ विकेट लिंदा अविशेक यादव ३ विकेट लिए । 

बैशाख २१ गतेदेखि शुरु भएकोे प्रतियोगितामा कोशी प्रदेशको मोरङ, सुनसरी र उदयपुर तथा मधेश प्रदेशको सिरहा र राजविराज गरी पाँचवटा टिम सहभागी भएका थिए । 

राउण्ड रोविन लिगको आधारमा खेलाइएकोे प्रतियोगितामा उत्कृष्ट दुई टिम फाइनलमा प्रवेश गरेका थिए । 

विजयी तथा अन्य खेलाडीलाई नेपाल क्रिकेट संघका सचिव पारस खडका, कोशी क्रिकेट संघका अध्यक्ष सर्वजितराज पाण्डे र फाउण्डेशनका अध्यक्ष अविशेक श्रेष्ठले पुरस्कार तथा ट्रफी वितरण गरेका थिए ।

View : 45

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved