विराटनगर । मोरङ उद्योग व्यापार संघले हीरक जयन्ती वर्षको अवसरमा एक कार्यक्रम आयोजना गरी मोरङ बहिरा क्रिकेट संघ, विराटनगरका खेलाडीहरूका लागि जर्सी (खेल पोशाक)हरू सहयोग गरेको छ ।
मोरङ बहिरा क्रिकेट संघको आयोजनामा आगामी दिनमा सञ्चालन हुने चौथो प्रादेशिक क्रिकेट प्रतियोगितामा सहभागी हुने खेलाडीहरूको हौसला अभिवृद्धि गर्ने उद्देश्यले संघले सहयोग स्वरूप ३० थान जर्सी उपलब्ध गराएको जनाएको छ ।
मोरङ उद्योग व्यापार संघको सचिवालयमा आयोजित कार्यक्रममा संघका अध्यक्ष अनुपम राठी, वरिष्ठ उपाध्यक्ष अनिलकुमार साह, महासचिव सञ्जयकुमार श्रेष्ठ लगायतका पदाधिकारीहरूको टोलीले मोरङ बहिरा क्रिकेट संघका प्रतिनिधिहरू मोहन तिवारी, अंशु यादव र मोहम्मद साबिरमार्फत सो जर्सीहरू हस्तान्तरण गरेका हुन् ।
हस्तान्तरणका क्रममा संघका अध्यक्ष अनुपम राठीले शारीरिक रूपमा विशेष फरक क्षमता भएका खेलाडीहरूको मनोबल उच्च राख्न र खेल क्षेत्रमा उनीहरूको विशिष्ट पहिचान स्थापित गर्न सहयोग गर्न पाउँदा संघ परिवार अत्यन्तै हर्षित रहेको बताए ।
त्यस्तै मोरङ बहिरा क्रिकेट संघका तर्फबाट मोहन तिवारीले संघको तर्फबाट प्राप्त उक्त सहृदयी सहयोग र सकारात्मक कदमप्रति आभार व्यक्त गर्दै त्यसबाट खेलाडीहरूमा नयाँ उर्जा थपिएको र आगामी प्रतियोगितामा खेलाडीहरूलाई अझ उत्कृष्ट प्रदर्शन गर्न हौसला प्रदान भएको बताए ।
View : 53
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved