विराटनगर । विराटनगर महानगरपालिका–३ स्थित पोखरिया माध्यमिक विद्यालयका विद्यार्थीको अगुवाईमा भोटेकोशी बाढीपीडितहरूका लागि राहत रकम संकलन गरिएको छ ।
विद्यालयमा रहेको बाल क्लवको अगुवाईमा १ लाख ५ हजार ६५० रुपैयाँ तथा अभिभावकबाट २२ हजार संकलन भएको विद्यालयका प्रधानाध्यापक खेमराज भट्टराईले जानकारी दिए ।
प्रअ भट्टराईका अनुसार विद्यालयले हालसम्म ६ लाख ५ हजार २४९ रुपैयाँ सहयोग गरेको छ ।
विद्यालयमा कार्यरत ४८ जना दरबन्दी तथा अनुदान शिक्षकहरूबाट ३ लाख ५३ हजार ५२८ र निजी स्रोत शिक्षकबाट १ लाख २४ हजार ६१ रुपैयाँ राहत संकलन भएको विद्यालयले जनाएको छ ।
गत भदौ १० गतेको विध्वंसकारी बाढीका पीडितलाई सहयोग गर्ने उद्देश्यले विद्यालय, बाल क्लव, अभिभावक लगायतको सक्रियतामा राहत रकम संकलन भएको प्रधानाध्यापक भट्टराईले जानकारी दिए ।
View : 141
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved